अर्थ शेयर

कारोबारमा शिवम् हावी, नेप्से ४ अंकले घट्यो

कारोबारमा शिवम् हावी, नेप्से ४ अंकले घट्यो


काठमाडौँ । नेप्से सूचक बिहीबार ४.६९ अंकले घटेर १२८४.५९ विन्दुमा अडिएको छ । सूचक ०.३६५ ले घटेको हो । यस दिन ५८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहका सेयर कारोबार भएकामा ५ समूह माथि लागेका छन् । वाणिज्य बैंक समूहको सूचक ५।६२ अंकले घटेको छ । 
 


खरिदबिक्री रकममा शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि छ । यसको ७ करोड ७६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रोमा कैलाश विकास बैंक र नेपाल बैंक परेका छन् । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९।६५५ का दरले कमाएका छन् ।

 

समग्रमा बजार सुस्त देखिएका पनि केही कम्पनीहरुमा भने लगानीकर्ताको खरिदबिक्री आकर्षक निकै राम्रो पाइएको छ । यसआधारमा नेप्से सूचक केही सुस्त भए पनि लगानीकर्ताले राम्रा कम्पनीहरु छनोट गरेर कारोबार गरिरहेको बुझ्न सकिन्छ । केही दिनपछि बजार फेरि माथि लाग्ने विश्लेषण सहित कतिपय कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो ।