समाचार खेल

विभागीय टिमहरुको वर्चश्व, प्रदेश एक र तीन प्रतियोगिताबाट बाहिरिए

विभागीय टिमहरुको वर्चश्व, प्रदेश एक र तीन प्रतियोगिताबाट बाहिरिए


काठमाडौँ । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताविभागीय टिमहरु नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलमा हावी भएका छन् । दुवै टिम समूह विजेता बन्दै को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

 


बिहिबार भएको लिग चरणको अन्तिम खेलमा आफ्नो अपराजित यात्रा कायम राख्दै पुलिसले प्रदेश नम्बर ३ लाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ को सेटमा पराजित गरेको हो । 
जितसँगै पुलिसले ४ खेलबाट १२ अंक जोडेको छ । प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ ।

 

गण्डकी प्रदेश भने उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । त्यस्तै प्रदेश १ लाई एपीएफले ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ को सेटमा पराजित गरेको हो । पराजयसँगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट आयोजक त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।