भिडियो कभर स्टोरी अन्तरवार्ता

चीन एक्ल्याउने पश्चिमा डिजाइनमा प्रधानमन्त्री ओली (भिडियोसहित)

चीन एक्ल्याउने पश्चिमा डिजाइनमा प्रधानमन्त्री ओली (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको जेठ २५ गतेबाट हुन लागेको युरोप भ्रमणलाई शंकास्पद रुपमा हेरिएको छ । युरोप भ्रमणकाक्रममा फ्रान्स र स्विटजरल्याण्डसंगै बेलायतको भ्रमणलाई निकै रहस्यात्मक  लिइएको छ । 

 


बाहिरबाट देखिदा केही अन्तर्राष्ट्रिय समारोहमा सहभागी हुने जस्तो देखिएपनि भित्री चीनविरोधी योजनाको विस्तार भएको राजनीतिक विश्लेषक भरत दाहालको बुझाइ छ । नेपाल विरोधी मिसनमा कांग्रेस र माओवादीपछि एमाले प्रयोग भैरहेको उनको दावी छ । 

 


दाहाल भन्छन्, ‘एमाले पश्चिमाहरुको तेस्रो प्रयोगशाला हो । अहिले नेकपा बनेपछि पश्चिमाहरुले यसका नेताहरुलाई झन् सहज प्रयोग गरिरहेका छन् । यो सरकार पश्चिमाहरुको ग्रीपमा छ । प्रधानमन्त्री ओलीका हरेक गतिविधिले त्यसलाई पुष्टि गरेका छन् । होली वाइन प्रकरण, अमेरिकी सैन्य गठबन्धन ‘इण्डो प्यासिफिक स्ट्राटिजी’ मा नेपालको संलग्नता, दक्षिण कोरियाली बदनाम एक युनिभर्सिटीबाट विद्यावारिधिको उपाधि जस्ता दर्जनौ उदाहरण छन् । अहिले प्रधानमन्त्री ओली युरोप जानुको प्रमुख कारण पनि चीन घेर्ने अभियानको हिस्सा बन्न नै हो । ’

 


भर्खर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत भ्रमण पूरा गरेका छन् । अमेरिकाले चीनविरुद्ध  नेपाललाई कसरी प्रयोग गरिरहेको छ भन्ने छर्लङ्ग भैसक्यो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण, अमेरिकाले उत्तर कोरिया र स्वतन्त्र तिब्बत पक्षधरका सम्बन्धमा चासो राखेर नेपाललाई लेखेको पत्र,  सैन्य गठवन्धनमा सहभागिता यी सबै विषय चीन विरोधी नै हुन् । 

 

">
अमेरिकाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं कहाँ बोलाएर प्रशिक्षण दियो । अहिले बेलायतमार्फत प्रधानमन्त्री ओलीलाई प्रभावित गर्दैछ । ट्रम्पको बेलायत भ्रमणमा चीनको विषयमा गम्भीर कुरा भएको र त्यसमा नेपाललाई उपयोग गर्ने रणनीतिबारे समेत उच्चस्तरीय वार्ता भएको दाहालको दावी छ । 

 


ओलीले भ्रमण गर्न लागेका तीनवटै राष्ट्र बेलायत, फ्रान्स र स्वीटजरल्याण्ड चीन विरोधी कित्तामा छन् । यिनीहरु अमेरिकाका सहयोगी हुन् । यसमा प्रधानमन्त्री ओलीले नेपाललाई पनि मिसाएका छन् ।  चीन घेर्ने सवालमा अमेरिका र भारत पनि एक ठाउँमा उभिएको दाहालको तर्क छ । 

 


‘बिआरआई’ कार्यान्वयन 


विश्लेषक दाहालका अनुसार चीनसंग भएको बिआरआई प्रोटोकल हस्ताक्षर कार्यान्वयनमा समस्या उत्पन्न हुनेछ । सरकार पश्चिमा रणनीतिमा फसेको र यो मामिलामा भारत पनि पश्चिमा शक्तिकै पक्षमा रहेकाले ‘बिआरआई’ कार्यान्वयन नहुन सक्छ । 

 


चीनका राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा जानु पनि महत्वपूर्ण छ । रुस जाँदै गर्दा सीले इरानको विषयलाई लिएर अमेरिकाको आलोचना गरेका छन् । अमेरिकाका कारण मध्यपूर्वी देशमा अस्थिरता बढेको उनले ठाडो रुपमा भनेका छन् । यस्तो बेला अमेरिकी गठबन्धनमा जाने र उसको योजना अनुसार काम गर्ने वर्तमान सरकारलाई चीनले राम्रो व्यवहार गर्छ भनेर मान्न सकिन्न । 

 

">
नेपाल हिन्दू राष्ट्र हुँदैन


अहिले धेरै नेपालीलाई भारतमा विजेपीको जित र प्रधानमन्त्री मोदी भएपछि नेपाल हिन्दू राष्ट्र हुन्छ कि भन्ने लागेको छ । यो सबै भ्रम हो ।  मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा पनि नेपालमा हिन्दू राष्ट्र कायम गर्ने पक्षमा थिएनन् । उनको प्राथमिकता भनेको आफनो राष्ट्रलाई के गरेर हित हुन्छ भन्ने मात्र छ । सुरक्षा, जाली नोट, आतंकवाद, सीमा, जलश्रोत बाहेक नेपालसंग उनको अरु केही चासो छैन । बाहिर बाहिर जो धर्मका विषय लिएर आउँछन् त्यो त राजनीतिक खपत र प्रचारका लागि मात्र हो । 

 


‘यदि मोदी हिन्दू धर्मको अभियानमा छन् भने सबैभन्दा पहिले उनले आफनै देशमा राम मन्दिर बनाउँछन् । ख्वै त ?’ दाहालको प्रश्न छ ।  

 


नेकपा सखाप हुन्छ 


सत्तारुढ दल नेकपा सखाप हुन्छ । मैले पहिले देखि भन्दै आएको हुँ एमालेलाई सिध्याउनकै लागि माओवादी केन्द्रसंग एकता भएर नेकपा बनेको हो । कांग्रेस र माओवादीलाई प्रयोग गरेर सिध्याएपछि अब पालो एमालेको हो । 

 


जुन दिनसम्म ओली प्रचण्डहरुले विदेशी स्वार्थ अनुसार काम गर्छन, यो चलिरहन्छ, जुन दिन काम पूरा हुन्छ वा यिनीहरुको सामथ्र्य सकिन्छ, त्यही दिनबाट  टुक्राटुक्रा पार्छन्, यो निश्चित हो । 

 


राजासमेत समेटिने संयन्त्र


मुलुकलाई निकास दिन तत्काल यी राजनीतिक दलहरुको विकल्पतर्फ लाग्न जरुरी छ । दीर्घकालिनरुपमा सैद्धान्तिक सुधारसहित अघि बढ्नुपर्ने भएपनि तत्कालै १२ बुँदे सहमति विरुद्धका सबै शक्तिहरु एकजुट हुनुपर्छ । 

 


१२ बुँदे सहमतियताका जति पनि परिवर्तन भएका छन्, सबै उल्ट्याउनुपर्छ । नयाँ राजनीतिक संयन्त्र बनाउनुपर्छ । त्यसमा पूर्वराजादेखि विप्लवसम्म अटाउन सक्छन् । यो क्रममा शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउनेलाई जेल हाल्नुपर्छ । अनि मात्र देश बन्छ । 

">