समाचार ताजा खबर राजनीति

हिन्दुराष्ट्र बनाउन छिट्टै सडक संघर्ष : राणा

हिन्दुराष्ट्र बनाउन छिट्टै सडक संघर्ष : राणा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिन आफूहरुले छिट्टै सडक संघर्ष थाल्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा अध्यक्ष राणाले भन्नुभयाे –‘ हिन्दुराष्ट्र बनाउन हामीहरुले वादा गरिसकेका छौँ । छिट्टै सडक संघर्ष थाल्छौ । ’

हिन्दु राष्ट्र घोषणका लागि लागि सम्पूर्ण शक्ति लगाएर सडक संघर्षमा उत्रिने राणाले चेतावनी दिनुभयो । उहाले भन्नुभयो –‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग चाहिँदैन । ’

राणाले सरकार भ्रष्टाचारमा व्यापक लिप्त भएको आरोप लगाउँदै यसविरुद्ध सडक संघर्ष गरिने बताउनुभयो । तर उहाले हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम भने अलग–अलग विषय भएको उहाँको भनाई छ ।

राणाले राजतन्त्र जरुरी रहेको वकालत गर्दै कुनैपनि पार्टीको सदस्य नभएको र पुरानो संस्था भएकोले राजालाई निश्पक्ष राष्ट्रप्रमुखको रुपमा राख्न अनुकुल हुने बताउनुभयो । 
साक्षात्कारमा अध्यक्ष थापाले आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना कायमै रहेको बताउनुभयो ।‘ यो सम्भावना कायमै छ । ’ उहाँले बताउनुभयो ।