राजनीति प्रदेश ६

नेकपा हुम्लालाई पूर्णता दिन १३५ को नाम सिफारिस

नेकपा हुम्लालाई पूर्णता दिन १३५ को नाम सिफारिस

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीले हुम्ला जिल्ला कमिटीलाई पूर्णता दिन सिफारिस गरेको छ । प्रदेश कमिटी बैठकले १३५ सदस्यीय जिल्ला कमिटी गठनका लागि केन्द्रमा सिफारिस गरेको हो ।

 

नेकपाको प्रदेश कमिटीको निर्णय अनुसार पूर्व माओबादी केन्द्रबाट ७२ जना र पूर्व एमालेबाट ६३ जना जिल्ला कमिटीमा रहने गरी केन्द्रमा सिफारिस गर्ने निर्णय भएको नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले बताए । अब यो सिफारिसलाई केन्द्रबाट अनुमोदन भएमा जिल्ला कमिटीले पूर्णता पाउने उनले बताए । त्यसै गरी नेकपा हुम्लाको विभिन्न विभागका लागि पनि नाम सिफारिस गरेको छ ।

 

हाल सिफारिस भएको जिल्ला कमिटीमा सबै क्षेत्र पक्षलाई समेटिएको उनले बताए । यता बैठकले प्रदेशको न्याय कानून तथा मानव अधिकार विभागका लागि मान बहादुर थापा, वन वातावरणमा बिर्ष बहादुर शाही, प्रचार प्रकाशनमा सुधार रोकाया, पर्यटन प्रवद्र्धनमा मंगल लामा, पार्टी स्कुल तथा मानव संशोधनमा बर्ष बहादुर शाही, खेलकुद तथा सुरक्षामा लोकेन्द्र शाही, शहिद तथा कला संस्कृतिमा सुझाव ढकाल, संगठनमा नगर लामा, स्थानीय तह कृषि सहकारीमा दल फडेरा, सामाजिक तथा योजना अर्थमा सुरेश भियाल, स्वास्थ्यमा सुवास शिरालाई सिफारिस गरेको छ ।

नेकपा हुम्ला