समाचार खेल

आर्मीको कोर्टमा सशस्त्रको जित 

आर्मीको कोर्टमा सशस्त्रको जित 


ललितपुर । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । बुधबार लगनखेलस्थित आर्मीको कोर्टमा सशस्त्रले आर्मीलाई ३–१ को सेटमा पराजित गर्याे । आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा आर्मीले तेस्रो जित निकालेको हो । एपीएफले २५–१४, २५–२१, २०–२५ र २५–२० को सेटमा आर्मीलाई घरेलु कोर्टमा पराजित गर्यो ।

जितसँगै समूह ए बाट एपीएफले ३ खेलबाट ९ अंक बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीको पनि समान नौ अंक नै छ । यता प्रदेश नम्बर १ ले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै प्रदेश १ ले दोस्रो जित निकालेको हो  । प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ ले पराजित गर्यो । जितसँगै समूह ’क’ को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ । सुदूरपश्चिमले ३ खेलमा जित निकाल्न सकेको छैन ।


यस्तै बुधबार भएको अर्को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई ३–२ को सेटमा पराजित गर्यो । प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जित निकाल्यो ।
समूह ’ख’ मा रहेको प्रदेश ५ को यो पहिलो जित हो । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । प्रदेश ३ को पनि ३ खेलबाट ६ अंक रहेको छ ।