समाचार खेल

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित


काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सान्त्वना जित निकालेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकी प्रदेश सुदूरपश्चिमसँग ४ विकेटले पराजित भयो ।

टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेश ८९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि राहुल शर्माले ४१ रन बनाए ।  किशोर महतोले १४ तथा आकाश थापाले १२ रन जोडे । ९० रनको सामान्य लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । सुदूरपश्चिमका लागि आकाश चन्दले २९ रन बनाएका थिए । नरेन्द्र साउद २३ तथा लोकेश बलले १३ रन बनाए ।

सुदूरपश्चिम प्रदेशविरुद्ध गण्डकी प्रदेशका लागि किसोर महतोले ३ विकेट लिए । विपिन खत्रीले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए । जितेपनि सुदूरपश्चिम अर्को चरणमा पुग्न सकेन । समूह ए बाट विभागीय क्लब एपिएफ र प्रदेश ३ सेमिफाइनल पुगे ।  सुदूरपश्चिम, गण्डकी प्रदेश र प्रदेश पाँच बाहिरिएका छन् ।