समाचार Breaking News मुख्य समाचार राजनीति

सम्झौता गर्दा चाहेजस्तो परिवर्तन ल्याउन सकिएन : प्रचण्ड

सम्झौता गर्दा चाहेजस्तो परिवर्तन ल्याउन सकिएन : प्रचण्ड


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध जितेर नआउँदा चाहेजस्तो परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ । दलित महिला केन्द्र र अन्तरपार्टी दलित महिला संघले मंगलबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्धमा जितेर नआउनाले चाहेजस्तो परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।

आफूहरु जनयुद्ध जितेर नभै सम्झौता गरेर आएका कारण चाहेजस्तो परिवर्तन गर्न नसकेको उहाँको भनाई छ । प्रचण्डले अब समाजमा जागरण ल्याउन लाग्नुपर्ने धारणा राख्नुभयो । उहाले समाजका पिछडिएका जाती तथा समूदायले शान्तिको अवस्थामा भन्दा क्रान्ति र आन्दोलनमा स्वतन्त्रता महसुस गर्ने गरेको उल्लेख गर्नुभयो ।

जनयुद्ध र जनआन्दोलनले धेरै ठुला राजनीतिक परिवर्तन ल्याए पनि सामाजिक सांस्कृतिक व्यवस्थामा परिवर्तन आउन नसकेको प्रचण्डको भनाई थियो ।