भिडियो कभर स्टोरी

नेपालमा विदेशी प्रभाव : दरवार हत्याकाण्डदेखि ओली–प्रचण्ड खटपटसम्म (भिडियोसहित)

नेपालमा विदेशी प्रभाव : दरवार हत्याकाण्डदेखि ओली–प्रचण्ड खटपटसम्म (भिडियोसहित)

कमल कोइराला पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका संस्थापक नेता मातृकाप्रसाद कोइरालका सुपुत्र हुन् । कोइराला परिवारमा जन्म लिएर कम्युनिष्ट बिचारधार अंगाल्ने उनी कोइराला परिवारका एक्लो बृहस्पति हुन् ।

 


तत्कालिन एमालेको सक्रिय राजनीति गरी दक्षिण कोरियाको राजदूत तथा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको सदस्य र सांसद समेतको अनुभव बोकिसकेका कोइराला हाल सत्तारुढ दल नेकपाको साधारण सदस्य हुन् ।

 


संकटमा ओली

 


उमेरले ८३  छुन लागेका कोइराला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मामिलामा त्यत्तिकै ‘अपडेट’ छन् । उनका अनुसार अहिलेको सरकार र नेकपामा संकट उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकाबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा आफनो भाग खोज्नु सामान्य विषय नभएको उनी बताउँछन् । प्रचण्डले अबको प्रधानमन्त्री आफू भएकाले ओलीसंग महत्वपूर्ण ‘डिल’ गर्न जरुरी नभएको सन्देश भारतलाई दिएको कोइरालाको दावी छ ।

">


पार्टीमा विदेशी लगानी

 


नेकपा सरकारमा मात्र होइन यसको आन्तरिक राजनीतिमा पनि विदेशीको प्रभाव रहेको कोइरालाको दावी छ । खासगरी पार्टीका आन्तरिक समीकरण मिलाउन र महाधिवेशनमा कसलाई जिताउने हराउने भन्ने कुरामा समेत विदेशी शक्तिले लगानी गर्ने गरेको उनी बताउँछन् । विगतमा नेकपा एमालेको महाधिवेशनमा छिमेकी राष्ट्रले सिधै लगानी गरेको आफूले समेत थाहा पाएको उनको भनाइ छ ।

 


यस्तै, नेपाली कांग्रेसको आन्तरिक मामिलामा पनि विदेशीले लगानी गर्ने गरेको उनी बताउँछन् । कांग्रेसमा सन्त, आदर्श र आर्थिक मामिलामा निकै इमान्दार मानिएका नेताका नाममा कांग्रेसकै एक प्रभावशाली नेताले २० करोड रुपैयाँ बुझेको उनी बताउँछन् ।

 


बालुवाटारका सबै सूचना ‘लिक’

 


पूर्वराजदूत समेत रहेका कोइराला भन्छन् , ‘ बालुवाटार, सिंहदरवारदेखि शक्तिशाली नेताहरुका बेडरुममा समेत विदेशी जासुसी संस्थाले सूचना संयन्त्र स्थापना गरेका छन् । मान्छेबाट नहुने काम उनीहरुले मेसिनबाट गर्छन् । महत्वपूर्ण र संवेदनशिल कुरा हुने ठाउँमा उनीहरुले थाहा नहुने गरी निकै सानो यन्त्र फिट गरेका हुन्छन् जसको माध्यमबाट त्यहाँ हुने सम्पूर्ण कुरा उनीहरु सिधै सुन्छन् । यसरी सूचना लिक हुने गरेको छ । अहिले मलाई आशंका छ, बालुवाटार, सिंहदरवार लगायत नेताहरुका घरमा यो प्रकारको जासुसी उपकरण जडान गरिएको छ । ’

 


देब्यानी र दीपेन्द्रको संवाद ‘सिआईए’ संग

 


दरवार हत्याकाण्ड हुनु केही घण्टा अगाडि योजनाबद्धरुपमा विदेशी जासुसहरुले बिभिन्न संयन्त्र मार्फत देव्यानीलाई युवराज दिपेन्द्रलाई फोन गराएका थिए । त्यो संवाद रेकर्ड गएिको छ । दरवारमा आयोजित भोज समारोहको बस्तुस्थिति र त्यहाँको सूचना थाहा पाउन त्यो फोन गराइएको थियो । म दावीकासाथ भन्छु, त्यो संवाद अहिले पनि छ । तर, कसले खोजेर ल्याउने ?

 


दरवार हत्याकाण्ड विदेशीको योजनामा भएकाले यसको सत्यतथ्य सहजै बाहिर नआउने कोइराला बताउँछन् । ठूलाठूला हत्याकाण्ड ‘हाइली सोफेस्टिकेटेड’ तरिकाले हुने भएकाले यसका प्रमाणहरु फेला पार्न असम्भव जस्तै हुन्छन् । अब त १८ वर्ष वितिसके, गाहे छ । मदन भण्डारी  हत्याकाण्ड पनि यस्तै हो । रहस्य के को पत्ता लाग्नु !

 

">
गिरिजा राष्ट्रपति नबन्नुको कारण

 


गिरिजाप्रसाद कोइराला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनेको भए मुलुकको राजनीतिक कोर्सले अर्कै गति लिने कोइरालाको दावी छ । उनी भन्छन्, ‘ गिरिजा राष्ट्रपति भएको भए मुलुक स्थिरतातर्फ जान्थ्यो । ५ वर्ष सरकार मज्जाले चल्थ्यो । जो प्रधानमन्त्री भएपनि गिरिजाप्रसादमै शक्ति केन्द्रीत हुन्थ्यो । यही थाहा पाएर भारतले कहिले माधव नेपाल त कहिले रामराजाप्रसादलाई उचाल्यो । प्रचण्ड प्रयोग मात्र भए ।  गिरिजाको भारतसंग सम्बन्ध चिसिदा मुलुक अस्थिर बन्न पुग्यो । ’

 


सुशीलको निधनको रहस्य

 


धेरै मानिसहरुले अहिले पनि सुशील कोइरालाको निधनमा षडयन्त्र थियो, हत्या हो की भनेर शंका गर्छन्, त्यो होइन । उनको निधनको कारण सहयोगीहरुले चरम लारवाही हो । अतुल, मृदुला जस्ता उनका सहयोगीले लापरवाहीले सुशीलले ज्यान गुमाए ।

 


सुशील विरामी थिए । तर, उनलाई पनि मरिन्छ नै भन्ने लागेको थिएन । उनका सहयोगीहरुले त झन ध्यान नै दिएनन् । लापरवाही भयो । समयमै अस्पताल नलैजानु नै ठूलो लापरवाही हो । यसमा अरु शंका गर्नुपर्ने केही छैन । 

 


मोदीको आश गर्नु वेकार

 


वरिष्ठ पत्रकार समेत रहेका कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र ल्याउन दवाव दिने कुरा अनावश्यक भ्रम मात्र भएको बताए । 
उनी भन्छन्, ‘ नेपालमा सबै शक्तिको मन राख्न हुन्छ, हुन्छ भनेपनि धर्म र राजसंस्थाका विषयमा मोदीले चासो दिने छैनन् । जुन संस्थालाई यत्रो मेहनत गरेर हटाइयो, त्यसलाई किन पुनस्र्थापित गर्ने ? बाहिर बाहिर हिन्दू धर्म भनेपनि उनले यसका लागि लबिङ चाहिं गर्ने छैनन । ’

 


कोइरालका अनुसार अहिले नेपाल मामिलामा भारत र अमेरिकाको समान दृष्टिकोण छ । चीन आफनो ‘साइलेन्स डिप्लोमेसी’ मा छ । 


    ">


 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।