Breaking News अर्थ मुख्य समाचार ताजा खबर देश राजनीति

कांग्रेस नेता रिजालले देखे बजेटमा त्रुटि

बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसँग समय मागेर बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण 

कांग्रेस नेता रिजालले देखे बजेटमा त्रुटि


काठमाडौँ । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । सोमबारको बैठकमा आर्थिक बर्ष २०७६÷७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसँग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्र्तगतका ख, घ र ङ मा उल्लेख भएका विषय सँग जोडिएको अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटि सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैया थप आउँछ भनी लेखिएको छ । बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६÷ ७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको छ । नयाँ संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो ? नया परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो । ”

उहाँले बजेट पुस्तिकाको यो त्रुटी सामान्य त्रुटी नभएको जिकिर गर्नुभयो । राजश्वको अनुमान ठीक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो “हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउदै छौ कि बढाउदै छौ ? अर्थमन्त्री ज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् । ” ।