समाचार मनोरञ्जन सामाजिक सञ्जाल

पहिरनका कारण अभिनेत्री वर्षा ट्रोलको सिकार

पहिरनका कारण अभिनेत्री वर्षा ट्रोलको सिकार

काठमाडौँ । अष्ट्रेलियामा रहेकी अभिनेत्री वर्षा राउत यतिबेला सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी छिन् । आफू अभिनित फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलिया पुगेकी राउतले लगाएको पहिरनलाई लिएर अष्ट्रेलियाबासी नेपालीले मजाक उडाएका छन् । उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । 

फिल्मको विशेष प्रदर्शनमा उनले सेतो र कालो रंग मिसिएको पहिरन  लगाएकी थिइन् ।तर यस पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको थियो । ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाएका छन् । यद्यपि वर्षाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।