विचार

भाँडतन्त्रमा अनुवाद हुँदै गणतन्त्र

भाँडतन्त्रमा अनुवाद हुँदै गणतन्त्र

२०२५ सालतिर युवराज वीरेन्द्रलाई पूर्वी पहाडको भोजपुरमा सेनाको टुकडीसाथ पैदल हिँडेको, सेनाको साथमा भोजपुर बजारका हरि बजिमयो दाईको पसल अगाडि पिँडीमा उभिएर मैले देखेको थिएँ । नारदमुनि सरले चिनाइ दिनु भएको थियो । ती वीरेन्द्रको जीवनको ५८ बर्षको उमेर जीवन वितेको दरवार तथा शासन कालको नेपालको राजदरवारमा केही दिनअघि प्रवेश र अवलोकन गर्ने मौका पाएँ, त्यो पनि चिनियाँ साङ्गसी प्रान्तको उपमन्त्रीको साथमा गाईड तथा सहयोगी भएर । उनी असल शिष्ट, शालीन र निकै अनुशासित राजा थिए भन्ने जो मलाई छाप परेको थियो, मैले सोही व्यहोरा बताएँ । जुन सत्य प्रमाणित भयो । तर राजाको शासन सञ्चालनको बारेमा नागरिकको हैसियतमा भने  शासनमा निरंकुशता नहोस, संवैधानिक राजतन्त्र होस भन्ने चाहने भएकाले सानो तर फरक मत म जस्ता मानिसहरुको रहेको थियो ।

 
२०३० सालदेखि नै हामीले बहुदलीयताको पक्षमा रहेर काम गरेका थियौं । तर राष्ट्रको सेवाका बारेमा हामी एक रहेका थियौ । वीपीले सधै भन्ने गरेको राजदरवार र नेपाली जनताहरुको बीचमा विशाल पर्खाल छ,  त्यो पर्खाल म तोडन चाहन्छु भनी रहनुहुन्थो । किन होला भन्ने म ठान्दथे ? वीपी कोइरालाले त राजा जस्तो  सच्चा, राष्ट्रवादी कोही हँुदैन भन्ने विचार राखेकोे भन्ने थाहा पाएर मलाई कौतुहलता जागेको कारण ममा बारम्बार यसले तर्कका तरङ्ग पैदा भइरहेको थियो । जब मैले  आफंै दरबार गएर साक्षात हालको स्थिति हेरें, मलाई जानकारी भयो कि नारायणहिटी दरवार नेपाल तथा नेपाली झल्काउने सभ्यता संस्कृति र नेपालीमनको केन्द्र बनाइएको रहेछ । वी पी कोइराला तथा मदन भण्डारी पनि राजासंगको पहिलो भेटपछि प्रभावित भएको उनीहरुको विश्लेषणबाट देखिन्छ । 


राजदरवारभित्र मुगु बैठक कक्ष, हुम्ला, जुम्ला कक्ष  राखिएको रहेछ, भने विशिष्ट विदेशी पाहुनाहरुलाई भेटनका लागि इलाम कक्षको व्यवस्था गरिएको देखियो । सुनसरी कक्ष भन्ने कोठा पनि जहाँ स्वदेशका विशिष्ट व्यक्ति प्रतिक्षा गरी बस्दा रहेछन । त्यसंैगरी वैठक गर्ने कक्ष पनि रहेछ । यी सबै दृश्यले राजा तथा राजसंस्था नेपाल तथा नेपालीको सबको साझा हो भन्ने जन भावनाको सन्देश दिन सक्थ्यो र हाल पनि दिइरहेको देखिन्छ । राजदरवारमा क्यामेरा लैजानलाई फोटो लिन, रोकिएको रहेछ यो पनि मलाई मन पर्यो । यस्तो व्यवस्थाले निकट भविष्यमा फेरि राजतन्त्र आगमनको सम्भावना छ कि भन्ने पनि आभाश कतै देखाउँछ । तर मलाई इतिहासको गतिले  पछाडि फर्कियोस भन्ने लाग्दैन । विश्वास नगरेको काम  नेपालमा भइरहेको र नेताहरु गैर जिम्मवार भएकाले पनि यो स्थिति आएकोमा हामी अबका दिनमा भने चनाखो रहनै पर्दछ भन्ने लाग्दछ । 


तपाईंको यसका बारेमा के विचार छ ? के राय र सल्लाह छ भनेर वीपीले सधैं आफ्ना कार्यकर्ताहरुलाई जिज्ञासा राख्ने गर्दथे । राजा बीरेन्द्रले दर्शन तथा भेटमा समस्या तथा समाधानका उपायहरु लिएर छलफलमा आउनु भनी निर्देशन गर्ने गर्दथे  । किनभने उनीहरुले केही सिकेका, देखेका, जानेका रहेछन । सुनेको भन्दा देखेको पक्का र देखको भन्दा भोगेको पक्का हुन्छ । विगतबाट वर्तमान र बर्तमानबाट भविष्यमा पुस्ताले पाउने हस्तान्तरण गर्ने यही संस्कार हो । विचारको वर्णशङ्कर पद्धतिमा विचारको वीउ पुस्ताको उत्पादन नहुने भएकाले त्यहाँ विचारको अन्त र राज्य प्रणालीको विनास हुन्छ । यसले राष्ट्रको समाप्ति हुन्छ । सन्चिति र सम्प्राप्तिको श्रृंखला पनि टुट्दछ । इतिहासका घटना विश्लेषण गर्दा देखिन्छ कि आज इरान, अफगानिस्तान, तिब्बत र सिक्किम यही प्रणालीको सिकार भएका हुन् । नेपाल त्यसको रोडम्यापमा हिँडिरहेको देखिन्छ । यो मलाई होइन कि सवै दलका नेताहरुलाई चेतना हुनुपर्ने तात्विक कुरा हो ।

 
जब मानिस आफ्नो मालिक आफंै हुन्छ, उसमा उत्पन्न स्वाभाविक आत्मा जागृतिको कारण त्यो चेतनालाई शरीर तथा जीवन सञ्चालकको रुपमा उपयोग गर्दछ । त्यसले गर्दा सधैं नै ती चेतना जागृत भएका मानिस विचार दिने भएकाले संसारमा उत्कृष्ट मानिन्छन । विगतमा बारम्वार गणेशमानजीले नेपालमा राष्ट्रियता खतरामा छ भन्ने गर्नुहुन्थ्यो । राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता सधंै कायम राख्नका लागि राजा महेन्द्र तथा राजा वीरेन्द्रले सधैं जोड दिइरहेको पाइन्छ । 


त्यसबेला धेरै राष्ट्रिय भावनाले ओतप्रोत भएका देशभक्तिका गीत तयार गरी विद्यालयमा अध्यापन गरिएका थिए । समाज र समुदायलाई जोडने व्यावहारिक अभ्यास भइरहेका थिए । केवल सामाजिक, आर्थिक, सांस्कृतिक उन्नति, समानता र समताको नीति तथा लोककल्याणमा काम नभएकाले पनि विरोधका स्वरहरु पैदा हुने गर्दथे । धर्मनिरपेक्षताको आडमा राष्ट्रमा शिखर नेता र पदाधिकारीहरुले क्रिश्चियन धर्मको सपथ तथा उपहार लिने र निर्लज्ज भएर सत्तामा रहन मिल्यो भने अब आम जनताले अपनाएर हज्जारौ वर्षदेखि अंगिकार गरी रहेको हिन्दू धर्मलाई नेपालको वर्तमान संविधानमा स्थान दिएर जाउन भन्ने विषयमा छलफल उठाउन नेपाली काँग्रेस लगायतका दलहरुलाई के खतरा र जोखिमी छ त ? यो विषयमा वहश गम्भीर रुपमा हुन आवश्यक छ । 


हिन्दू राजधर्ममा राजाको महिमा अपरम्पार छ । थप के भने धर्म मान्न र नमान्न पाइन्छ । विश्वास गर्न र नगर्न पाइन्छ तर विश्वास नगर भनी कसैको आस्था तोडन छोडाउन भने पाइँदैन भन्ने मलाई लाग्दछ । वरपरवाट मैले देखे २०२५ सालमा पहिलो पल्ट नजिकबाट देखेको भएपनि औपचारिकरुपमा मैले वीरेन्द्रलाई २०४३ सालमा इलाममा पहिलो पल्ट प्राध्यापक समूहमा सामूहिक दर्शन भेट पाएर शिक्षाको वारेमा सुधारकोलागि हामीले गृह कार्य गरी निवेदन गरेकोमा कही नेपालको शिक्षामा राजनीतिककरण त भएको छैन ? भन्ने प्रश्न उहाँले गर्नु भएको थियो । त्यसवेला स्वकीय तथा प्रमुख सैनिक सचिवहरुले राजासंग सम्वाद गर्नेहरुलाई छिटो जाउ न, मात्र भन्दथे तर तिनीहरुले वाद, विवाद र सम्वाद, सरसल्लाह दिएर राम्रो होस भन्ने वातावरण बन्न दिँदैनथे । यही हो बी पी कोइरालाले  विचारमा पर्खाल भनेको । 
पञ्चायतमा कवि माधवप्रसाद घिमिरे, गोपाल योन्जन, पुष्प नेपाली तथा गणेश रसिकका कालजयी राष्ट्रिय गीत, त्यस खालका रहेका छन, जसले हरेक व्यक्तिमा रक्तका कणमा राष्ट्रिय भावनाको तरङ्ग पैदा गर्दथ्यो र तर अहिले त राष्ट्र र राष्ट्रियताको भाव कहाँ, कुन नेता, नीति, चरित्र, प्रथा, परम्परामा खोज्ने हो भन्नै सकिन्न । 


हालको राष्ट्रिय गान निकै राम्रो छ तर यो कथनीमा राम्रो भयो । अब यस बमोजिमको करनी अर्थात गर्ने गराउने अभ्यासस्थल, राज्यरुपी घर  संसार खोज्न स्वदेशमा नै मिल्ने कि विदेशमा जानु पर्ने ? त्यस चरित्रको अभ्यास राज्य व्यवस्था र सरकारले गर्नु पदैन ?  त्यसको भाव देख्न, जान्न, सुन्न र अनुभव गर्न आम जनताले पाउनु पर्ने हो कि होइन ? भाव होइन कि अहिले त उदाशीनता, वितृष्णा र घृणाको भाव मात्र सर्वत्र व्याप्त रहेको पाइन्छ । त्यसवेलाको १४ अञ्चल तथा ७५ जिल्ला राखिएका थिए, जसले सबैलाई सिंगो नेपालको अनुभूति गराएको थियो । सवै जिल्लाको सिमाना प्राकृतिक खोला, नाला, हिमाल, पर्वत, तीर्थस्थल साँध सिमानाले बाँधिएका थिए । 


म आपनो जीवन, अनुशासन, भोगाई, परिवेशका कारणले संवैधानिक राजतन्त्रको पक्षमा रहेको थिएँ तर गणतन्त्रले नेपाललाई भलो गर्ला भन्ने मलाई लाग्दैन थियो र हालपनि मलाई लागिरहेको छैन । किनभने गणतन्त्र राजनीतिक सिद्धान्त हो । यो मेरो अध्ययन तथा मान्यतामा कानुनको शासनबाट चल्ने पद्धति हो भनी विधिवेत्ता डायशीले भनेका छन । जहाँका मानिस गरीव छन, नेता कम अध्ययनशील छन तर धेरै जानेको दम्भ राख्दछन, कम योग्यता भएका छन, व्यक्तिनिष्ठ छन, धेरै जातजातिको वाहुल्य र विविधता रहेको छ,  त्यस्तो देशमा भएका विधि, विसंगति र विकृतिको कारण संघीयता र गणतन्त्र साथै जान सक्दैन । यो आफ्नो देश, काल, परिस्थिति संस्कृतिको अनुकूल व्यवस्थापन गर्न सकेमा मात्र यसले परन्तुमा भलो गर्दछ नत्र समस्या निम्याउँदछ भन्ने लागिरहन्छ । 
कोरा कल्पनाले जे गर्दछ जो साधु सन्त तथा एक्लो छ  त्यसलाई भलो गर्दछ तर आम राजधर्म र राजनीति र सन्तवाद फरक हो भन्ने लागेकोले यो गणतन्त्र भाँडतन्त्र हो कि भन्ने लागिरहेको छ । तर मैले सार्वजनिकरुपमा चाहि समर्थननै गरिरहेको छु  ।


भारतीय मित्रहरुले नेपालमा हिन्दू धर्म संविधानमा हटाएका कारण धेरै चित्त दुखाएका छन भन्ने विभिन्न मन्चहरुमा मैले थाहा पाइरहेको छु । तर माओबादीहरुलाई हतियार तथा आश्रय पनि उसैले दिएको भन्नेमा सवै चेतनशील नेपालीलाई थाहा भएको हुनाले नेपालीहरु भारतसंग निकै चित्त दुखाएरपनि संविधान जारी गराएका थिए, जसको परिणमा ९ महिनाको आर्थिक नाकावन्दी हामीले व्यहोरेका छौं । हिन्दू धर्म दर्शन राखे वा नराखेपनि म जस्ता सामान्य भूइँमान्छे भएर बाँच्नेहरुका लागि  फरक नपार्ला, तर राज्य सञ्चालनमा धर्म, सँंस्कृति, मान्यता, संस्कार जोडिएर रहने र त्यसले समाजलाई प्रगति तथा अधोगतिमा अड्याउने वा बढाउने पनि गर्ने भएकोले यसले निकै महत्व राख्दछ । धर्म जोगिए, संस्कार संस्कृति जोगिने, नत्र विनास हुने, भारतको तथा चीनको प्रचलन तथा मान्यता रहेछ भने हामीले नमान्ने कुरा आउँदैन । त्यो त हामीलाई, आम हिन्दू तथा वुद्ध धर्माबलम्बीहरु नेपाली होइन कि धर्म नभएकाहरु, धर्म नमान्नेहरु, कर्म तथा संस्मरणमा विश्वास नगर्ने मध्यस्थकर्ता सीताराम यचुरी, तिनका चेला तथा संविधान बनाउने क्रान्तिकारी दलहरु, तिनका नेताहरु नेपालमा रहेका ठूला दलहरुले थाहा पाउनु पर्ने विषय हो भन्ने लागिरहेको छ । 


क्रिश्चियनहरुका नेता देशभक्त हुने, क्रिश्चियनका दान, सपथ लिने नेता चाहिँ सर्वत्र पूज्य हुने, अनि ८५% हिन्दु तथा ९% वौद्धहरु उपेक्षित आलोचित भएकोमा उनीहरु चाहीँ गुप चुप बस्नुपर्ने हो भने यही हो निम्छरोपन भनेको । यस्तो निम्छरोपनाले संघीयता र गणतन्त्र पक्कै चल्दैन फस्टाउँदैन । सत्तारुढ दलको नेताले निम्छरो भनेकोमा आपनो तथ्य, तर्क आधार कारण प्रमाणलाई वैधानिक अनि सवल बनाएर आम नागरिक समाज समक्षमा प्रस्तुत गर्दा पो विपक्षी सफल र सवल देखिन्छ । त्यो नै गर्न नसकेपछि किन निम्छरो भइँदैन ?  
मलाई थाहा छ कि संविधानको संशोधन गरेर यो विषय राख्न सकिन्छ । त्यसमा सवै दलहरु सत्तारुढ र नेपाली काँग्रेस, तथा राष्ट्रिय प्रजातन्त्र पार्टी अनि मधेशबादी दलहरु अब मिलेर गएको खण्डमा वातावरण बन्न सक्दछ ।

२०६१ सालतिर बाबुराम भट्टराइले वेलायतको राजतन्त्र पनि १६४९–५९ को गणतन्त्रपछि स्थापना भएको थियो भनी उल्लेख गरेको मैले पढेकोले पनि उनीहरुमा आम विचलन त्यसवेलैदेखि रहेको देखिन्छ । धर्मको बारेमा मधेशबादी दलहरु उदार  देखिन्छन । तर संघीयताको बारे भन्नै सकिदैन । कारण नेपाल  समाप्त पार्ने चालबाजी, नेताहरुको आनीबानी व्यहोरा र प्रवृत्तिले हो । यसमा सवै दलका नेताहरु चनाखो होसियार हुन पर्दछ । हाल सीपी गजुरेलजी त देशभक्त समूहको प्रमुख भएको भन्ने सञ्चारमा देखिएपछि अब यो देशमा केही बाँकी रहेको देखिदैन । जो क्रिश्चियन हो भन्ने प्रष्ट छ, बैद्य जी इतिहासमा विश्राम लिने अवस्थामा रहनु भएको स्वभाविक छ । उहाँलाई भन्ने कुरै छैन, प्रचण्डजीमा धर्मका बारेमा केही अवरोध छैन भन्ने मैले पाएको छु । प्रदीप गिरी जो काँग्रेसमा विचार दिने व्यक्ति हो, उहाँले पनि अब गणतन्त्र फालिदिए हुन्छ भनी बोल्न थालेकोले यो गणतन्त्र अरुलाई देखाउनका लागि त्यतिबेला ल्याएको हो रहेछ तर नेपाली जनचाहना र भावनाले ल्याएको होइन भन्ने प्रष्ट देखिन्छ । 


सवैले सावधान रहने र आम सहमतिमा हिन्दू धर्म तथा संवैधानिक राजतन्त्र रहने बारेमा जनमत संग्रहमा गएर काम गरेमा त्यसले नेपाल र नेपालीलाई केही बर्ष जोगाउने निश्चित छ । ५ प्रतिशत भन्दा सानो जनसंख्याले मानेको धर्मको वारेमा विश्वमा कहीँ पनि चर्चा हुँदैन तर सम्मान गरी जोगाउन भने मानव अधिकारको विषय भित्र पर्दछ । नेपालमा ८५ प्रतिशत संख्यामा रहेको हिन्दूको चर्चा नहुनु, निम्छरोपना हो ।  त्यसमा पनि क्षेत्री तथा वाहुनको निम्छरोपना नै हो भन्ने कसैको नेपथ्यमा आएको भनाई सही छ । त्यसवेलामा एमालेले संवैधानिक राजतन्त्रका बारेमा जनमतको फरक मत राखेको पनि दस्तावेज इतिहासमा सुरक्षित रहेको छ । अहिले त जालसाँझ गरी सत्ता लिने दस्तावेज नेपाली जनताको चासो र सरोकारका विषय हुन्छन भने इतिहासमा क्रान्तिको दौरानमा श्रृजना भएका शहीदको वलिदान समेटिएको दस्तावेजहरु अवश्य विश्लेषण गरिनु पर्दछ । नत्र इतिहासमा नै यस्ता मान्छेले पालो पर्खेर बस्नु पर्ने हुन्छ । किनकि व्यवहार तथा शासन भारतीयहरुको पृष्ठपोषकहरुको आर्थिक विकास, अर्थतन्त्र कारोवार भने भारतीय तथा चिनियाँहरुको रहेपछि आम युवा नेपालीहरु विदेश नगएर विदेशी नभएर के गरुन त ?

घरमा रहने कि परदेशमा जाने हो भन्ने कुराको गृह व्यवस्थापन गर्ने अभिभावकले जान्ने र व्यवस्था गर्ने कर्तव्य हो भन्ने सामान्य ज्ञानको तथ्य हो । अतः अबको नेपालमा राष्ट्रियता, राष्ट्र, सार्वभौमिकता, राष्ट्रिय अखण्डताको नाराका साथ पूर्वराजा, राष्ट्रिय प्रजातन्त्रबादी, मधेशबादी, नेपाली काँग्रेसहरु एकताबद्ध हुन आवश्यक देखिन्छ । 
हालको सरकारले धेरै काम गर्न नसकिरहेको परिस्थिति छ यसको आफ्नै आन्तरिक कारण छ  ।

वीरेन्द्रको हत्या, अनि त्यसपछिको राजनीतिक आन्दोलन सवै गतिविधि विदेशीहरुको इसारामा गरेको भएका हुन भन्नेमा विवाद छैन । संघीयता भनेर केन्द्रमा मनोमानी गर्ने कामले जसले नेपाललाई दिनानुदिन विनास गरिरहने छ । मिथिला संस्कृतिको महानताले पनि नेपाललाई चुनौति दिन सक्दछ, यदि त्यसको सही व्यवस्थापन गर्न सकिएन भने । कथं त्यस्तो स्थिति पैदा भयो भने हिन्दूस्थानमा पनि हिंसा भड्किन सक्दछ । जो यस क्षेत्रमा अशान्ति आउन सक्दछ तर यो समस्यासंग नेपाल जस्तो सानो देश कूटनीतिक चालबाजीले मात्र टिक्न सकिनेछ । यो पनि बल, विचार, विवेकको शक्ति आम जनताबाट लिन जान्नु पर्दछ । अहिले मोदीले दिएको चाँदीको सिक्का र रुद्राक्षको माला पनि यसैको प्रतिकात्मक उदाहरण हो । पदमा बस्ने व्यक्ति फूलेर हिँडदैमा फैलिदैन, उसले स्थायी र अस्थायी चालबाजी पर्गेल्न सक्नु पर्दछ ।


राजनीतिमा कोही सत्रु वा मित्रु हुँदैन भन्ने यसले पनि देखाउँदछ । काँग्रेसले मोर्चाबन्दी कस्नै पर्दछ । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेको जस्तो आमा र तथा जन्मभूमि बचाउने हो भने अब हिन्दू धर्मलाई संविधानमा स्थान दिएर संरक्षण सम्बद्र्धन गर्ने, अनि धार्मिक र सहिष्णुताको भावनाले व्यवहार गर्ने आदि सुधार नगरेमा नेपाल अवबका दिनमा दिनानुदिन क्षयीकरण तथा पश्चिमाकरण अनि क्रिश्चियनहरुको प्रभावबाट, विनासको दिशामा जाने देखिन्छ । अमेरिका तथा पश्चिमाले दाउ हेरिरहेका छन भने नेपाल चीन तथा भारतको खेल मैदान बन्ने छ । 


यसमा हामी मिलेर मोर्चाबन्दी गरी नेपाल नेपालीहरुको सिद्ध गर्नु पर्दछ ।  चीनले धेरै हात र साथ दिन्छ भन्ने विश्वास नगर्नु भलो छ । चीनले नेपाल हिन्दूस्थानसंगै मिलेर बसोस र तिब्वत मामिलामा चुनौति नआओस भन्ने चाहना राख्दछ । यो हाम्रो धर्म, विधि, नीति तथा संस्कारको पनि अनुकूल छैन । चीन मित्रता तर्साउने र सन्तुलनको डोरीसम्म हुन्छ तर रमाउने तथा समाउने आधार बन्न सक्दैन, । असंलग्नताको नीतिमा बरु आफंै आत्म विश्वास बटुलेर काम गरी मुकाविला गर्नुपर्छ भन्ने पनि मेरो आपनो अनुभव शेयर गर्न चाहन्छु । 


 

वीरेन्द्र राजदरवार