विचित्र विश्व

विवाह मण्डपमै पब्जीमा व्यस्त बेहुला, भिडियो भाइरल

विवाह मण्डपमै पब्जीमा व्यस्त बेहुला, भिडियो भाइरल

पब्जी गेमका बारेमा विभिन्न किसिमका समाचार सार्वजनिक भएका छन् । यही गेमका कारण विभिन्न घटना घटेका भन्दै कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आएका छन् ।

युवा कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेका छन् । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ । एजेन्सी

पब्जी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।