मुख्य समाचार

लागू औषध दुरुपयोग विरुद्धको सप्ताहव्यापी अभियान सुरु

लागू औषध दुरुपयोग विरुद्धको सप्ताहव्यापी अभियान सुरु

 

काठमाडौँ । सरकारले ‘लागू औषध दूरुपयोग एवम् ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान‘ सुरु गरेको छ । अभियानको विहीबार गृहमन्त्रालयका एक कार्यक्रमबीच गृहमन्त्रालयका सचिव प्रेम राईले उद्घाटन गर्नुभयो । लागू औषध दुरुपयोग एवम् ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर अभियानको शुभारम्भ गरिएको हो ।

 

कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले सरोकारवालाहरुको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको पनि जानकारी दिनु भयो ।

 

अभियान अन्तरगत देशभर लागू औषध रोकथाम नीति र सो समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाँजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वास्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताहव्यापी अभियान असार ११ गतेसम्म संचालन हुनेछ ।

 

नेपालमा हाल वर्षेनी ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांक छ ।