मुख्य समाचार

जनकपुरमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट

जनकपुरमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–२, पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमासमेत फैलिएको छ । राति करिब ३ बजे आगलागी हुँदा पसलमा राखिएका ८ वटा सिलिण्डरसमेत विष्फोट भएका छन् । प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।  

 

‘कामदारले आगलागी भएको थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए’, खनालले भने, ‘खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।’ उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको खनालले बताए । क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका धनुषा