भ्यान खरिदमा २४ करोड ८० लाखको भ्रष्टाचार, १२ कर्मचारीसहित १३ जनाविरुद्ध मुद्धा दायर

भ्यान खरिदमा २४ करोड ८० लाखको भ्रष्टाचार, १२ कर्मचारीसहित १३ जनाविरुद्ध मुद्धा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १२ जना विरुद्ध २४ करोड बढी भ्रष्टाचार भएको भन्दै मुद्धा दायर गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अन्तर्गत ४ ओटा प्रयोगशाला भ्यान खरिदमा अनियमितता गरेको भन्दै अख्तियारले विभागका १२ कर्मचारी र एक सप्लायर्ससहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन (चेकजाँच) गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ४ ओटा मोबाइल भ्यान (प्रयोगशालाजडित गाडी) खरिद गरेको थियो ।

 

विभागले खरिद गरेका प्रयोगशालाजडित गाडी काठमाडौंको कमलादीस्थि प्रुडेन्ट मेडिटेक इन्टरनेशनलले आपूर्ति गरेको थियो । तर, आफूर्ति गरिएको प्रयोगशालामा रसायन र उपकरणहरु स्वीकृत मापदण्डअनुसार भए÷नभएको विषयमा परीक्षण गर्दा गुणस्तरहीन देखिएको भएपनि विभागका महानिर्देशक कर्णसहितको मिलेमतोमा खरिद गरिएको अख्तियारले जनाएको छ ।

 

अख्तियारले विभागका महानिर्देशक कर्णसहित वरिष्ठ खाद्य अनुसन्धन अधिकृ पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायव सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको खुमलटारस्थित कार्यालयका उपसचिव गणेश प्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेलविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तत्कालीन परियोजना, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेलविरुद्ध पनि बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
 

संम्बधित खबर