विदेश

भूकम्पका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो 

भूकम्पका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो 


काठमाडौँ । चीनमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । भूकम्पमा परी थप १३४ जना घाइते भएका छन । सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम चीनमा १३ जनाको मृत्यु भएको हो ।

 

६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।

 

यस्तै, मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १७ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको सिन्हवा न्युज एजेन्सीले जनाएको छ । 

 

भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका जनाइएको छ । भूकम्पको झट्काका कारण दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ ।