स्वास्थ्य समाज प्रदेश ३

समता अस्पतालमा कर्मचारी मृत फेला, मृतकका आफन्तबाट अस्पताल तोडफोड

समता अस्पतालमा कर्मचारी मृत फेला, मृतकका आफन्तबाट अस्पताल तोडफोड


काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत एक युवती अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

 

घटनापछि आक्रोशित स्थानीयबासीले अस्पताल तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको गमला, झ्यालका सिसाहरु  फुटाएका छन् । भीड नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको छ । 


सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको बौद्ध प्रहरीले जनाएको छ ।