पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्रीले गरे धमलामाथि हमला

पत्रकार सम्मेलनको अन्त्यमा प्रधानमन्त्रीले गरे धमलामाथि हमला


हरि न्यौपाने 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष पत्रकार सम्मेलनको अन्तिम वाक्य थियो –‘ अब मलाई लाग्छ मैले यो भन्दा बढी भनेँ भने तपाईँहरुले के क्यारी गर्ने के नगर्ने हुन्छ । म यत्ति भनेर टुंग्याउँछु । तपाईहरु सबैको भलो होस् । धन्यवाद ’ त्यसपछि पत्रकार सम्मेलन अन्त्य भयो ।

 

प्रधानमन्त्रीको प्रेसमिटमा सबै मिडिया केन्द्रीत थिए । मिडियाको क्यामेरा एंगल पत्ता लगाउन माहिर चर्चित सेलीब्रेटी ऋषि धमला प्रधानमन्त्री छेवैमा पुगे र नमस्कार गरे । प्रधानमन्त्रीले धमलालाई औँला तेस्र्याउँदै भने–‘ तपाईँको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ त्यो क्या हो ? ’ धमलाले भने–‘ मैँले त भनेको छैन । ’ लगत्तै प्रधानमन्त्रीले भने– ‘किन भनेको छैन, टिभी हेर्ने यै आँखा हुन् । ’ त्यसपछि हाँस्दै सबै आ–आफ्नो बाटो लागे । 
 

संम्बधित खबर