राजनीति

गुठी विधेयक फिर्तापछि प्रधानमन्त्रीले भने : सञ्चारमाध्यमबाट थाहा पाएँ 

गुठी विधेयक फिर्तापछि प्रधानमन्त्रीले भने : सञ्चारमाध्यमबाट थाहा पाएँ 


काठमाडौँ । गुठी विधेयकबारे आन्दोलन तीव्र रुपमा चर्कँदै गएपछि सरकारले मंगलबार दिउँसो गुठी विधेयक फिर्ता लियो । विधेयक सदनमा दर्ता गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिएको जानकारी गराइसके लगत्तै प्रधानमन्त्रीको पत्रकार सम्मेलन सुरु भएको थियो ।

 

तर पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने – ‘भर्खरै सञ्चारमाध्यमबाट थाहा पाएँ । वाइज डिसिजन । ’ जबकी युरोप भ्रमणबाट फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले विधेयकबारे बोलेका थिए ।

 

सोमबार विहान विभागीय मन्त्री पदमा अर्यालसँग ब्रिफिङ लिएपछि उपत्यकाबाट निर्वाचित नेकपाका जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए ।