राजनीति

प्रधानमन्त्रीको विशेष पत्रकार सम्मेलन

प्रधानमन्त्रीको विशेष पत्रकार सम्मेलन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पत्रकार सम्मेलन सुरु भएको छ । पत्रकार सम्मेलनको सुरुमैँ प्रधानमन्त्री ओलीले संघीय संसदमा कसले पहिला बोल्ने भन्नेबारे भएको विवाद र त्यसपछि संसद स्थगित भएको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कडा निन्दा गर्नुभएको छ ।

 

अकारण संसद स्थगित गरिएको भन्दै उहाँले दुनियाँको लोकतान्त्रिक अभ्यासमा पहिले प्रधानमन्त्री र त्यसपछिमात्रै विपक्षी दलका नेताले बोल्ने व्यवस्था रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भन्नुभयो –‘ अगाडिदेखि तय भएकोमा पहिले आफूले बोल्न पाउनुपर्छ भनेर अकारण संसद अवरुद्ध गरियो । विषय केही थिएन । कुनै विषयमा मतभेद पनि होइन ।’ 

 


संसदमा अमर्यादित गतिविधि भएको भन्दै यसबारे ध्यानाकर्षण गराउन पत्रकार सम्मेलन गर्न गरिएको जानकारी दिनुभयो । जारी पत्रकरा सम्मेलनमा उहाँले अहिले युरोप भ्रमणको अवधिमा भएका गतिविधिबारे जानकारी गराउँदै हुनुहुन्छ ।