समाचार प्रदेश ७

ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु 

ट्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु 

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनीमा गएराति ट्र्याक्टर दुर्घटनामा परेर शिक्षकको ज्यान गएको छ । दुर्घटनामा परेर सोही ठाउँको समैजी आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय श्याम कलौनीको ज्यान गएको हो । गोदाम बजारबाट कुर्जेनी गाउँ आउँदै गरेको बालुवा लोड गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा आलिताल ८ कै पदम राना सामान्य घाइते भएका  छन्।

 

आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर ऐरअनुसार चालक धनजीत धामी फरार रहेका छन् । चालक धामीको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक ऐरले बताए। क्षमताभन्दा बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ। 

शिक्षक मृत्यु