मनोरञ्जन

बिहे नै नगरी आमा बन्दै एमी जेक्सन

बिहे नै नगरी आमा बन्दै एमी जेक्सन

बलिउड अभिनेत्री एमी ज्याक्सन अहिले गर्भवती छिन् । गर्भधारण गरेको पक्का भएसँगै आफूले हरेक पल इन्जोय गरिरहेको उनले बताउने गरेकी छिन् । एमीले इन्स्ट्राग्राममा बेबिबम्प फोटासमेत सेयर गर्ने गरेकी छिन् ।

एमी हाल ब्वाइफ्रेन्ड जर्ज पानाइटुका साथमा माराकेचमा छुट्टी मनाइरहेकी छिन् । उनले केही समयअघि मात्रै ब्वाइफ्रेन्ड जर्जसँग औपचारिक रूपमा इंगेज्मेन्ट गरेकी हुन् । खबरअनुसार एमी सन् २०२० मा बिहे गर्ने योजनामा छिन् । एमीले ३१ मार्चमा आफू गर्भवती रहेको खबर सोसियल मिडियामा पोस्ट गरेकी थिइन् । उनी अक्टोबर महिनामा आमा बन्दै छिन् ।

 

 

View this post on Instagram

A post shared by Amy Jackson (@iamamyjackson) on May 28, 2019 at 4:45am PDT