मनोरञ्जन

यस्तो आयो आयुष्मान खुरानाको ‘आर्टिकल १५’ को ट्रेलर

यस्तो आयो आयुष्मान खुरानाको ‘आर्टिकल १५’ को ट्रेलर

आयुष्मान खुराना अभिनित चलचित्र आर्टिकल १५ को ट्रेलर रिलिज भएको छ। फिल्ममा आयुष्मान प्रहरी अधिकारीको भूमिकामा देखिएका छन्।

ट्रेलरमा क्रुर सामूहिक बलात्कार र दलितमाथि भएको अपराधलाई देखाइएको छ । फिल्मको ट्रेलरले भारतमा हुने जातीय विभेदका विषयवस्तु समेटिएको तर्फ इंगित गरेको छ। यस्तै ट्रेलरमा आयुष्मानलाई एक बहादुर प्रहरीको भूमिकामा देखाइएको छ । 

यो फिल्म लण्डन इन्डियन फिल्म फेस्टिभलको दशौँ संस्करणमा देखाइने छ । यो फेस्टिभललाई दक्षिण एसियाको सबैभन्दा ठूलो फेस्टिभल मान्ने गरिन्छ ।फिल्ममा तलवार, एम नसार, मनोज पाहवा, सयानी गुप्ता, कुमुद मिश्रा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

हेर्नुहोस ट्रेलर :

आर्टिकल १५