समाचार प्रदेश १

इञ्जिनियर घुससहित पक्राउ

इञ्जिनियर घुससहित पक्राउ

 


सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको हो ।

 

निर्माण सम्पन्न भइसकेको झोलुङ्गेपुल पुलको बिल भुक्तानी गर्ने विषयमा  एक लाख रुपैयाँ घुस लिएको आरोपमा इञ्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको आयोगका इटहरी प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।


ADVERTISEMENT