खेल

विश्वकप क्रिकेटः आज भारत र न्यूजिल्याण्ड खेल्दै

विश्वकप क्रिकेटः आज भारत र न्यूजिल्याण्ड खेल्दै

काठमाडौं । इंग्ल्याण्डमा जारी एकविदसीय विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्ड खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि इंग्ल्याण्डको ट्रेन्ट ब्रिज हुँदैछ । लयमा देखिएका न्यूजिल्याण्ड–भारतको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्यूजिल्यान्ड लगातार चौंथो खेलमा जीत हासिल लक्ष्यमा हुनेछ ।

 

यसअघि भएको तीनै खेलमा न्यूजिल्यान्ड विजयी भएको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा न्यूजिल्याण्डले बंगलादेशलाई ३ विकेटले हराउँदा तेस्रो खेलमा अफगानिस्तानविरुद्ध ७ विकेटको शानदार जीत हासिल गर्यो । भारत तेस्रो जीतको खोजिमा हुनेछ । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।


 
भारतको पूरा टिमः विराट कोहली (कप्तान) रोहित शर्मा, शिखर धवन, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, युजवेन्द्र चहल, जसप्रित बुमराह, रविन्द्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र विजय शंकर ।

 

न्यूजिल्यान्डको पूरा टिमः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डि ग्रान्डहोम, मिचेल सान्टनर, टे«न्ट बोल्ट, टिम साउथी, म्याट हेनरी, इश सोधी र लोकी फर्गुसन ।

भारत भर्सेस न्यूजिल्याण्ड एकविदसीय विश्वकप क्रिकेट