अपराध सुरक्षा

अपहरणपछि हत्याको आरोपमा सिरहाबाट एक जना पक्राउ

अपहरणपछि हत्याको आरोपमा सिरहाबाट एक जना पक्राउ

लहान : सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

धनगढीमाई नगरपालिका–६ स्थित कसहा र वसन्तपुर चोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो।

 

यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी सख्त घाइते बनाएको र उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो।

 

सो घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

 

१० कार्टुन मदिरा बरामद

 

नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवानपुर गाउँपालिकाबाट ३ सय बोतल मदिरा बरामद गरेको छ। प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर गाउँपालिका–३ गैरसाहाबाट १० कार्टुन अर्थात ३ सय बोतल नुरी सोफिया मदिरा बरामद गरेको हो।

 

यसैगरी इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ जम्दहबाट बेवारिसे अवस्थामा ६ थान साजको काठ र दुई थान सालको काठ बरामद गरेको छ। बरामद काठ थप अनुसन्धानका लागि डिभिजनल वन कार्यालय लहान सिरहामा बुझाइने प्रहरीले जनाएको छ।

पक्राउ
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।