मनोरञ्जन

कस्तो छ रेखा र शिल्पाबीच सम्बन्ध?

कस्तो छ रेखा र शिल्पाबीच सम्बन्ध?

काठमाडौंः अभिनेत्री रेखा थापा र शिल्पा पोखरेल हालै कलाकार संघको चुनावमा एकसाथ भेटिए।दुवै एकदमै मिल्ने दिदीबहिनी जसरी कार्यक्रममा उपस्थित थिए। मिडियामा पनि मिलेरै अन्तर्वार्ता दिँदै गरेको भेटिए। तर मिडियामा जति नै मिलेजस्तो नाटक गरे पनि उनीहरूको सम्बन्ध वास्तविकतामा त्यस्तो छैन।

 

रेखा निर्माता छवि ओझाकी भूतपूर्व पत्नी हुन् भने शिल्पा वर्तमान श्रीमती। रेखाले छविलाई छाडेपछि शिल्पा भित्रिएकी हुन्। यी दुईजनाले मिडियामा गरेको अभिनय त्यतिबेला झुट देखियो जब सञ्चारकर्मीले सोधे, ‘तपाईँहरू फेसबुक फ्रेन्ड हुनुहुन्छ?’ रेखाले भनिन्, ‘इनबक्समा चाहिँ छौं। दुवैको फेसबुकमा फ्रेन्डरिक्वेस्ट पठाउन नमिल्ने किसिमको छ।’ फेसबुकमा साथी बन्न नसकेका यिनले वास्तविकतामा के साथी बन्न सक्थे? तर मिल्ने साथीको नाटक गज्जबले गर्छन्। आखिर कलाकार भएपछि यत्ति अभिनय त गर्नैपर्यो नि ! कि कसो? यो खबर शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

रेखा थापा शिल्पा पोखरेल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।