समाचार

रुँदै घरबार छाडेका माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति

रुँदै घरबार छाडेका माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति

जुम्ला । कनकासुन्दरी गाउँपालिका–३ बुडुका विनबहादुर बुढा २०६१ सालमा तत्कालिन माओवादीबाट बिस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ती गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगे। उनलाई तत्कालिन माओवादीले छोरालाई सेनाबाट फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए। उनले भने, ‘छोरालाई सेनाबाट फर्काउन सकिन्, माओवादीसँग भूमिगत भएर जान सकिन्, बरु बिस्थापित हुनु नै उपयुक्त ठाने।’ त्यो बेलाको पीडा अहिलेसम्म बिर्सन नसकेको उनी बताउँछन्। ‘देशमा लोकतन्त्र आइसक्यो। गणतन्त्र हुँदै संघीयताको अभ्यास भइरहेको छ। तर तत्कालिन माओवादीबाट खेप्नु परेको पीडा बिर्सन सकिएको छैन्।’ उनी गत प्रतिनिधि सभाको चुनावमा जुम्लाबाट राप्रपाको उम्मेद्वार बनेका थिए। 

 

२०६१ सालमा तत्कालिन माओवादीले जुम्ला कालिकोटमा जुताकस, जंगल पस अभियान थाल्यो। त्यसलाई ‘सुज अभियान’ भनियो। त्यो अभियानका क्रममा एक घर एक माओबादीको अवधारणा अघि बढ्यो। त्यो सैह्य हुन सकेन्। बिन बहादुरले भने, ‘माओवादीमा लागेर मर्नु र राज्य पक्षसँग मिलेर सिआइडी हुनुभन्दा बिस्थापित हुन ठिक लाग्यो। अन्तिम विकल्प बिस्थापितको बाटो रोज्यौं।’ बुडुका बिनबहादुर उदाहरण मात्र हुन्। उनीसँगै माझ बुडु गाउँमा ४३ घर एकैपटक विस्थापित भए। गाउँ नै विस्थापित हुँदा पनि माओवादीले दबाब दिन छाडेनन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

जुम्ला माओवादी