ताजा खबर राजनीति

मिडिया काउन्सिल विधेयकबारे सरकार छलफलमा

विधेयक फिर्ता लिन सम्पादकहरुको सुझाव

मिडिया काउन्सिल विधेयकबारे सरकार छलफलमा

 


काठमाडौँ । सरकारले मिडिया काउन्सिल विधेयकबारे राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गरेको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मिडिया काउन्सिल विधेयकबारे विवाद साम्य पार्न  विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग सिंहदरबारमा छलफल गर्नुभयो । 


विधेयकलाई लिएर नेपाल पत्रकार महासंघ तेस्रो चरणको आन्दोलनमा लागिसकेको छ । विधेयकबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विभिन्न राजनीतिक दलले पनि आपत्ति जनाएका छन् । विधेयकका कतिपय प्रावधानलाई लिएर तीव्र विरोध सुरु भएपछि  सरकारले विभिन्न सञ्चारमाध्यम आबद्ध सम्पादकसँग परामर्श गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी का संसदीय दलका उपनेता सुवास नेम्वाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपाका सांसद योगेश भट्टराई पनि उपस्थित थिए । 


सम्पादक तथा अग्रज पत्रकारले लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतकै पनि साथ रहेको स्मरण गराउँदै सरकारले प्रेसलाई नियन्त्रण गर्ने सोच राखेर कानून ल्याउनु दुर्भाग्यपूर्ण हुने बताए । 

 

सम्पादकहरुसँगको छलफलमा बुझाईमा एकरुपता नभएका कारण समस्या बल्झिए पनि एक ठाउँमा आउन सकिने बताउनुभयो ।  विधेयक फिर्ता वा परिमार्जनभन्दा पनि यसमा सम्बोधन हुनुपर्ने विषयवस्तुबारे थप छलफल गरेर समस्यालाई किनारा लगाउन सरकार तयार उहाँले बताउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि यस विषयमा थप छलफल गरी टुंगो लगाउने उहाँको भनाइ थियो ।  

 


सम्पादकहरुसँगको छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले छलफल गरिनु सकारात्मक भएको उल्लेख गर्दै विधेयकबारे उठाइएका सवाल सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली पनि सकारात्मक रहेको जानकारी दिनुभयो ।

 

सरकारले याे विधेयक गत वैशाख २७ गते राष्ट्रियसभामा दर्ता गरेको थियो ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।