मनोरञ्जन

जाँच्नुस् कति सुखद छ तपाईंको दाम्पत्य जीवन  ? 

जाँच्नुस् कति सुखद छ तपाईंको दाम्पत्य जीवन  ? 

सुखी जीवन विताउने इच्छा सबैको हुन्छ । यसको लागि पहिलो सर्त भनेको सर्वप्रथम घरलाई प्रेमको बगैंचा बनाउनु नै हो । जीवनसाथीको भावना र अनुभूतिलाई ध्यानमा राखे मात्र त्यसले सुख दिन्छ । यो खुसीभित्र त्यस्तो माद्कता पाइने छ कि संसारको कुनै पनि बजारमा यसको किनबेच सम्भव हुने छैन् । यहाँ को कति सुखपूर्ण पारिवारिक जीवन बिताइरहेको छ भन्ने स्वमूल्यांकनका लागि एक प्रश्न र तीन सम्भावित उत्तर दिइएको छ । त्यसको सही उत्तर यहीँ छ । अब तपाईं आफ्नो पारिवारिक जीवन कति सुखी छ ? खुट्याउन सक्नुहुनेछ । 

१) पतिमाथि तपाईंको व्यक्तित्वको प्रभाव कुन हदसम्म छ ? पतिलाई तपाईंको तलबका विषयमा जानकारी छ ?
क) मैले भनेको नमानेसम्म रिसाई रहन्छु । अहिलेको युगमा मैले पाउने तलबका विषयमा जानकारी दिन उपयुक्त हुँदैन् । 
ख) हामी घरभित्र होस् या बाहिर एकअर्काको विशेषताबारे प्रशंसा गरेर आनन्द लिन्छौं । पद र तलबका विषयमा आफ्नो सहधर्मीलाई किन कुरा लुकाउनु र ?
ग) जीवनका प्रत्येक विषयमा समान दृष्टिकोण राख्छौं । मेरा कुरा जति नै शाश्वत किन नहोउन, म उहाँका ५० प्रतिशत सुझाव आत्मसात् गर्छु । पद र तलव त के कुरा, मेरो बैंक ब्यालेन्ससम्म खुलाउँछु । 

२) भविष्यका बारेमा कस्ता कार्यक्रम बनाइन्छ र एकअर्काका आमाबुबा–नातेदारप्रति कस्तो विचार राखिन्छ ?
क) जीवनका विषयमा विचार गर्न हामी समय नै खोज्दैनौं । पतिको व्यवहार अनुसार उहाँका आमाबाबु र नातेदारलाई महत्व दिने गर्छु । 
ख) यस्तो बेला विचार विमर्श नभएर आनन्द लिन मन पराउँछु । उहाँका आमाबाबु र नातेदारलाई यथोचित सम्मान दिन हिच्किचाउँदिन । 
ग) धन, वैभव प्रशस्त छ, सुविधाका हरेक बस्तु उपलब्ध छन भने जीवनसाथीसंग हप्ताभरि नै कुराकानी नहुँदा पनि फरक पर्दैन । यो यान्त्रिक युगमा नातेदारप्रति कठोर भएकै खण्डमा पनि के फरक पर्छ र ?

३) कुनै महत्वपूर्ण विषयमाथि विशेष सल्लाह गर्नुपरेमा तपाईं के गर्नुहुन्छ ?
क) खाली मेचमा बस्नासाथ हाम्रो बहस शुरु हुन्छ । 
ख) कहीँ कुनै अवस्थामा बहस गर्नुअघि एक अर्काको राय लिन्छौं ।
ग) यस्ता विषय तबसम्म चर्चायोग्य हुँदैनन, जबसम्म त्यस विषयको समाधान निस्कदैन् । 

४) जीवनसाथी फ्रेसमुडमा छैन भन्ने लागेको खण्डमा तपाईंको व्यवहार कस्तो हुन्छ ?
क)  एक्लै छाडिदिन्छु । 
ख)  मूड परिवर्तन गर्न जोक सुनाउँदै रमाइलो कुरा गर्छु । 
ग) पछाडि काँधबाट विस्तारै हात राखेर सोध्ने छु– तपाईंलाई के समस्या पर्यो ? म कुनै सहयोगमा आउनु सक्छु ?

५) कमाई सीमित आवश्यकता बढी हुने गर्छ । यदि तपाईं पनि यही समस्याबाट पीडित हुनुहुन्छ भने के गर्नुहुन्छ ?
क) खर्च कटौती गरेर आयका अरु विकल्प खोज्छौं ।
ख) म धैर्यपूर्वक आय र आवश्यकताका विषयमा भन्ने छु । आवश्यक परे आफ्नो उपयोगिताको विषयमा गम्भीर हुनेछु । 
ग) खर्च नघटेका विषयमा उहाँसंग छलफल गर्छु । 

६) पारिवारिक जीवनका विषयमा तपाईंको विशिष्ट राय के छ ?
क) विवाहपश्चातको जीवन आनन्ददायी छ । 
ख) विवाह गरेपछि पहिला राम्रो थियो तर बच्चा भएपछि उहाँको ध्यान अलि कम हुँदै गएको छ । कहिले कहिले त आत्मविश्वास नै धर्मराउँछ ।
ग) विवाहअघि म अत्यन्त खुशी र सुखी थिएँ । 
   

   उत्तर तालिका
१. क– ३  ख. २   ग. ५
२. क– ३  ख. ५   ग. २
३. क– २  ख. ५   ग. ३
४. क– २  ख. ५   ग. ३
५. क– ५  ख. ३    ग. २
६. क– ५  ख.  ३    ग.२
 

सुखी जीवन भावना र अनुभूति