समाचार खेल

अष्ट्रेलिया ४९ ओभरमा ३०७ रनमा अलआउट, पाकिस्तानका आमिर एक्लैले लिए ५ विकेट

अष्ट्रेलिया ४९ ओभरमा ३०७ रनमा अलआउट, पाकिस्तानका आमिर एक्लैले लिए ५ विकेट

इङल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 


पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियामा ब्याटिङमा उत्रिएको थियो । धुवाँधार सुरुवात गरेको अष्ट्रेलिया मध्यक्रम र पुछारका ब्याटसम्यान नचलेपछि विशाल स्कोर खडा गर्नबाट चुकेको हो । 


कुनै समय ४ सय रनको आँकडा छुन्नेसम्मको स्थिति भएपनि पाकिस्तानी बलर मोहम्मद आमिरले शानदार बलिङ गरेपछि अष्ट्रेलिया रोकिएको हो । अष्ट्रेलियालाई बिशाल स्कोर खडा गर्न नदिन आमिर एक्लैले ५ विकेट लिए । यस्तै, शाहिन शाह अफ्रिदीले २ तथा हसन अली, वहाड रियाज र मोहम्मद हफिजले समान एक–एक विकेट लिए । 


अष्ट्रेलियाका लागि डेभिड वार्नरले १०७ रन बनाए । उनले आफनो इनिङमा १११ बल सामना गर्दै ११ चौका र एक छक्का प्रहार गरे । कप्तान फिन्च ८२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले खासै उल्लेख्य योगदान दिन सकेनन् । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।