यौन-शिक्षा स्वास्थ्य

यौन आनन्द लिने तरिका यस्ता छन् 

यौन आनन्द लिने तरिका यस्ता छन् 

यौनमा एकजनाले मात्र सन्तुष्ट हुनलाई सम्भोग भनिँदैन । सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।


१. यौन आनन्दको पहिलो चरण हो, चाहना 


यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौन सम्पर्कले सन्तुष्टि दिन सक्दैन । यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौनचाहना आदि पर्छन् । यौनाकर्षण फरकफरक हुन्छ नै । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले यौन चाहना बढाउने गर्छ ।


२. यौन आनन्दको अर्को चरण हो उत्तेजना 


महिलाको तुलनामा स्वभावले नै पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आई पुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।


३. यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ 


यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उठेको, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।


४. यौन सम्पर्क गर्दा बिर्य स्खलन हुने अवस्थालाई चरम आनन्द भनिन्छ 


यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । 


५. यौन सम्पर्कको अन्तिम अवस्था भनेको समापन हो 


यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रिय जस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तयार हुन सक्छन् । तर महिला त्यति चाँडै तयार हुँदैनन् । 
महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार रहेका छन् ।


१) महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । 


२) चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् । 


३) धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । 


४) चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौन सुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।


५) चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।