खेल मुख्य समाचार

धुर्मुस सुन्तललीलाई प्रचण्डको ढाडस, रंगशाला बनाउन चन्दा नपुगे सरकारले सहयोग गर्ने

धुर्मुस सुन्तललीलाई प्रचण्डको ढाडस, रंगशाला बनाउन चन्दा नपुगे सरकारले सहयोग गर्ने

कलाकार धुर्मुस सुन्तलीले चितवनमा बनाउने भनिएको रंगशाला विभिन्न काण्डले विवादमा परिरहेकाबेलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई ढाडस दिएका छन् । 


स्थानीयवासी र नेकपाकै कार्यकर्ताका कारण बारम्बार अवरोध आउन थालेपछि धुर्मुस सुन्तलीले रंगशाल बनाउन नसकिने अभिव्यक्ति समेत दिएका थिए । रंगशाला निर्माणको अन्योल बढ्दै गएपछि अध्यक्ष प्रचण्डले बुधवार चितवन पुगी धुर्मुस सुन्तलीलाई ढाडस दिएका हुन् । 


उनले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै धुर्मुस सुन्तलीको मनोबल बढाएका हुन् । प्रेस संगठन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘चितवनमा क्रिकेट रंगशाला बन्छ । चन्दा उठाएर पुगेन भने सरकारले सहयोग गर्छ।’


प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले रंगशाला निर्माणमा पनि सहयोग गरिने स्पष्ट पारे । 


‘ठूला परियोजना अगाडि बढाउँदा केही साना समस्या आउँछन, तर विचलित नभइकन अगाडि बढ्नु पर्छ। क्रिकेट रंगशाला निर्माणको काम चाँडै अगाडि बढाउने छलफल भइसकेको छ,’ अध्यक्ष प्रचण्डले भने। उनले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआफ्नो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गरे। 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।