खेल

अन्तर विद्यालय फुटसल शुक्रबारदेखि सुरु हुँदै 

अन्तर विद्यालय फुटसल शुक्रबारदेखि सुरु हुँदै 


काठमाडौं । दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । 
आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो ।


शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने छन् ।


च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । उपविजेताले २० हजार सहित मेडल र ट्रफी पाउने छन् ।


यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।