समाचार

युवाहरु पलायनका कारण सामाजिक समस्या देखा पर्न थालेको भन्दै सांसदहरु चिन्तित

युवाहरु पलायनका कारण सामाजिक समस्या देखा पर्न थालेको भन्दै सांसदहरु चिन्तित

 


काठमाडौँ । युवाहरु पलायनका कारण सामाजिक समस्या देखा पर्न थालेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । समाजमा पछिल्लो समय सामाजिक दायित्वबोध घट्दै गएको र सामाजिक समस्याहरु देखा पर्न थालेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका हुन् । सिंहदरबारमा बुधबार बसेको संघीय संसद अन्तर्गतको महिला तथा सामाजिक समितिमा महिला अधिकार र सामाजिक न्यायको बारेमा धारणा राख्दै उनीहरुले समाजमा जेष्ठ नागरिकको सम्मान हुन नसकेको जनाए ।

 

ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षामा समितिको ध्यान पुग्नुपर्ने सांसदहरुको सुझाव छ । महिला अधिकार, ज्येष्ठ नागरिकका अधिकार र सामाजिक उत्तर दायित्वका बिषयमा धेरै छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको उनीहरुको भनाई छ । समिति सभापति निरु पालले अधिकार र न्यायका कुराहरुलाई समानताका आधारमा छलफलबाट टुंगोमा पु‍¥याइने धारणा राख्नुभयो ।