विदेश

अमेरिकाको भर्जिनियामा गोली चल्दा ११ जनाको मृत्यु

अमेरिकाको भर्जिनियामा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियामा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको हो । स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्यूनिसिपल सेन्टरका कर्मचारी रहेका छन् ।

 

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार घटना शुक्रबार बेलुका भएको हो । भर्जिनिया बिचका मेयर बबी डायले यो शहरकै इतिहासको सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन् । 

अमेरिका भर्जिनिया
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।