अपराध सुरक्षा

सरकारी हाकिमले गरे छोरीमाथि बलात्कार

सरकारी हाकिमले गरे छोरीमाथि बलात्कार


आमाले  अचानोमा राखेर छोराको हत्या गरेको भोजपुरको विभत्स घटना नसेलाउँदै ललितपुरमा शिक्षित बाउले छोरीमाथि बलात्कार गरेको रहस्य खुलेको छ । 


सरकारी सेवामा राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)मा कार्यरत बाबुले आमा नभएको मौका छोपी धम्क्याउँदै १८ वर्षीया छोरीलाई बलात्कार गर्ने गरेका थिए । ललितपुर प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यद्यपि अनुसन्धान प्रभावित नहोस भनेर उसले आरोपीको नाम गोप्य राखेको छ । 


उनले विदेशमा बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई  जानकारी भएपनि पारिवारिक बेइज्जतीका डरले घटनाबारे मौन बस्दै आएकी थिइन । जति नै सम्झाए पनि उनको गतिविधिमा सुधार नआएपछि छोरीकै नामबाट जाहेरी दिइएको थियो ।  

पीडित किशोरी कक्षा १२ मा पढ्छिन । 
 

बलात्कार अनुसन्धान