मनोरञ्जन

रहेनन् भारतीय अभिनेता गिरीश कर्नाड

रहेनन् भारतीय अभिनेता गिरीश कर्नाड

चर्चित अभिनेता एवं कन्नड साहित्कार गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिमार रहेका कर्नाडको सोमबार बिहान बैंगलरमा निधन भएको हो।

उनी पछिल्लो पटक सलमान खान अभिनित फिल्म टाइगर जिन्दा हैमा देखिएका थिए उक्त फिल्ममा उनी र चीफको भूमिकामा देखिएका थिए। उनी दक्षिण भारतीय रंगमंच र फिल्मका पिता मानिन्छन्।

उनले फिल्ममा अभिनयबाहेक नाटक, स्क्रिप्ट राइटिङ र निर्देशनसमेत गरेका छन्। उनले मेरी जंग अपने पराये भूमिका एक था टाइर र टाइगर जिन्दा है जस्ता फिल्ममा अहम भूमिकामा निभाएका थिए।

उनको जन्म सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा भएको थियो। उनीमा बाल्यकालदेखि नै नाटकप्रति लगाव थियो। उनले विद्यालयमा पढ्दादेखि नाटकहरू मञ्चन गर्ने सुरु गरेका थिए। उनले सन् १९७० मा स्क्रिप्ट राइटरबाट आफ्नो क्यारियर सुरु गरेका थिए।

गिरीश कर्नाड