मनोरञ्जन

सारेगमपमा तेस्रो र चौथो बने प्रितम र आयुष

सारेगमपमा तेस्रो र चौथो बने प्रितम र आयुष

भारतीय रियालिटी शो ‘सा रे ग म प लिटिल च्याम्प’मा नेपालका दुई बालगायक क्रमशः तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको फाइनलमा प्रतिस्पर्धामा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका हुन्।

प्रतियोगिताको विजेता सुगन्धता दते बनिन् भने दोस्रो मोहम्मद फैज बने। निकै कडा प्रतिस्पर्धाबीच फाइनलमा चार जना पुगेका थिए।

फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले सर्वत्र चर्चा पाएको छ। उनीहरूको स्वरले नेपाली दर्शकको मन छोएको छ। बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो भने उनी हाल भक्तपुरमा रहेर अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

सारेगमप