अर्थ

पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब ६० करोड

पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब ६० करोड

नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दोस्रो किस्तावापतको रकम १ अर्ब  ६० करोड उपलब्ध गराएको छ ।

 अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको हो ।  भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

 

ADVERTISEMENT