राजनीति

कांग्रेस र जनमोर्चाका ७ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

कांग्रेस र जनमोर्चाका ७ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश

प्युठान। प्युठान जिल्लाका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका ७ दर्जनभन्दा बढी स्थानीय नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

 

मंगलबार प्युठानमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पार्टी प्रवेश गराइएको हो । प्रेस सेन्टर नेपाल जिल्ला शाखा र प्रेस चौतारी नेपाल जिल्ला शाखा ‘प्युठान’ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले फूलमाला लगाएर उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।