राजनीति

प्रधानमन्त्री ओलीले पदको गरिमा कायम राख्न सकेनन्

प्रधानमन्त्री ओलीले पदको गरिमा कायम राख्न सकेनन्

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको दावी गरेका छन् ।

 

बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम जनतालाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दावी गरे ।

 

उपसभापति निधिले प्रधानमन्त्री ओलीले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा गत २४ गते मंगलबार दिनु भएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए/नभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गरे।