राजनीति

उहिले राजा महेन्द्रले २०१७ सालमा 'कु' गर्दा जय नेपाल भने, बिपीले पनि 'मेरो सरकार'

उहिले राजा महेन्द्रले २०१७ सालमा 'कु' गर्दा जय नेपाल भने, बिपीले पनि 'मेरो सरकार'

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विपक्षी नेपाली कांग्रेसले संसदमा देखाएको व्यवहार सामान्य भएको बताएका छन् ।

 

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ’मेरो सरकार’ शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभाउन विरोध गरेको टिप्पणी गरेका हुन् ।

 

 

संसद भनेको राष्ट्रिय मुद्धा वा अन्तराष्ट्रिय मुद्धाहरु वा विकासका विषयमा छलफल वादविवाद गरेर सही निर्णय गर्ने थलो भएको पनि बताउदै सरकारका प्रवक्ता बास्कोटाले केही शब्द शब्दावलीको विषयमा बहस चलेको भएपनि नीति तथा कार्यक्रम पनि पास भएको र संसदीय पररम्पराकै शैलीमा आरोप प्रत्यारोप भएको तर्क गरे । उनले प्रतिपक्षीसँग सम्बन्ध राम्रो भएको र प्रमुख प्रतिपक्षलाई सम्मान गरेर सरकार अगाडि बढेको समेत दाबी गरे ।

 

राजा महेन्द्रले पनि २०१७ सालमा कु गर्दा सम्बोधनको अन्त्यमा जय नेपाल भनेको तथा बीपी कोइरालाले पनि प्रधानमन्त्री हुँदा मेरो सरकार भन्ने गरेको बताए । मन्त्रीपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीको कार्यावधि थप गरिएको छ ।