राजनीति

राज्य व्यवस्था समिति आज पनि छलफल गरेर सकियो

राज्य व्यवस्था समिति आज पनि छलफल गरेर सकियो

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार पनि बसेको छ ।

 

समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । समिति बैठकमा संशोधनकर्ता सांसदहरुले राखेका संशोधनसहित दवाफार छलफल दोस्रो दिन पनि जारी रहेको हो ।

 

उक्त विधेयकमाथि ९५ जना सांसदहरुले संशोधन दर्ता गरेका थिए । विधेयकमा एकल र संयुक्त गरी कुल ८२ संशोधन परेका छन् । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विधेयकमाथि आएका भाषागत संशोधनहरुलाई टुङ्ग्याएर अघि बढ्नुपर्ने बताए । उनले कानूनमा कुनै दुविधा भए नीतिगत निर्णय गरेर अघि बढ्न सरकार तयार रहेको जीकिर गरे । विधेयकलाई समितिले पारित गरेपछि संघीय संसदमा पेश गरिनेछ ।