राजनीति

बाबुराम भट्टराईलाई धक्का, असन्तुष्ट नेताहरु नेकपा प्रवेश गर्दै

बाबुराम भट्टराईलाई धक्का, असन्तुष्ट नेताहरु नेकपा प्रवेश गर्दै

काठमाडौं । संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गरी एकीकृत दल समाजवादी पार्टी, नेपाल गठन गरेपछि नयाँ शक्ति नेपालका प्रभावशाली नेताहरु नेकपामा प्रवेश गर्ने भएका छन् ।

 

तत्कालीन नयाँ शक्तिका असन्तुष्ट नेताहरुले आज भेला आयोजना गरी नेकपामा प्रवेश गर्ने निष्कर्षमा पुगेका हुन् । पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत नेताहरु भेलामा उपस्थित रहेको र संभवत सबै नेताहरु नेकपा प्रवेश गर्न लागेको स्रोतको दाबी छ ।

 

नेकपा केन्द्रिय पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह साढे ३ बजे एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव विष्णु पौडेलले नेताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ ।