खेल

त्रिकोणात्मक सिरिजः वेष्ट इन्डिजविरुद्ध बंगलादेशको शानदार जीत

त्रिकोणात्मक सिरिजः वेष्ट इन्डिजविरुद्ध बंगलादेशको शानदार जीत

काठमाडौं । त्रिकोणिय एकदिवसीय क्रिकेट सिरिजमा वेष्ट इन्डिजविरुद्ध बंगलादेश ८ विकेटले विजयी भएको छ । आयरल्याण्डको डब्लिनमा मंगलबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनायो । उसका लागि साइ होपले ११ चौका र १ छक्काको मद्दतमा १३२ बलमा १०९ रन बनाए । यस्तै, रोस्टन चेजले ५१, सुनिल अम्बारिसले ३८, अश्ली नर्शले १९, जोनाथन कार्टरले ११ रन बनाए ।


बलिङमा बंगलादेशका कप्तान मुसरुफे मुर्तुजाले ३, मोहम्मद सैफउद्दिन, मुस्ताफिजुर रहमानले २–२, शाकिवअल हसन र मेहेदी हसन मिराजले १–१ विकेट लिए । २६२ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको बंगलादेशले ४५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तमिम इग्बालले ८०, सोम्य सरकारले ७३, शाकिव अल हसनले अविजित ६१ र मुस्फिकुर रहिमले ३२ रन बनाए । बलिङमा वेष्ट इन्डिजका रोस्टन चेज र शान्नोन गब्रिएलले एक–एक विकेट लिए । त्रिकोणिय सिरिजमा वेष्ट इन्डिज र बैंगलादेशबाहेक आयरल्याण्ड पनि खेलिरहेको छ ।  

वेष्ट इन्डिज भर्सेस बंगलादेश