राजनीति

नयाँ शक्तिकी पूर्व सांसद विक नेकपामा प्रवेश

नयाँ शक्तिकी पूर्व सांसद विक नेकपामा प्रवेश

काठमाडौं। संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गरी एकीकृत दल समाजवादी पार्टी, नेपाल गठन गरेपछि तत्कालीन नयाँ शक्ति नेपालकी नेतृ तथा पूर्व सांसद सीमाकुमारी विकले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् ।

 

पार्टी मुख्यालय धुम्बारारहीमा आयोजित विशेष कार्यक्रममा नेतृ विकलाई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराएका हुन् । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा रहेकी पूर्व सांसद विक गत वर्ष नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । फोरमसँगको पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै उनी नेकपा प्रवेश गरेकी हुन् ।