खेल

यी हुन्, विश्वकपले गुमाउने २० स्टार क्रिकेटर

यी हुन्, विश्वकपले गुमाउने २० स्टार क्रिकेटर

काठमाडौं । आउँदो मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने वान डे विश्वकप क्रिकेटको रौनक शुरु भइसकेको छ । विश्वकपमा सहभागिता जानउने देशले आफ्नो टोली घोषणा पनि गरिसकेका छन् । तर, पछिल्लो समय चर्चामा रहेका केही स्टार क्रिकेटर भने विश्वकपको मैदानमा देखिने छैनन् । तीमध्ये विश्वकपको मैदानमा नदेखिने अहिलेका चर्चित २० खेलाडीको सूची बनाइएको छ । यो सूची खेल पत्रकार पल रेड्लीले बनाएका हुन् । उनको छनोटको पहिलो नम्बरमा छन्, नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने परेका छन् ।

 

सन्दीपले एक वर्षमै विश्वका ठूला–ठूला क्रिकेट लिग खेलिसकेका छन् । सन्दीप गतवर्षको आइपीएल खेलेपछि वर्षैभरी चर्चामा रहे । उनले यसबीच क्यारेवियन प्रमियर लिग, क्यानडा प्रिमियर लिग, टी–१० लिग, बिगब्यास लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान पाकिस्तान प्रिमियर लिगमा आफ्नो क्षमता प्रदर्शन गरे । तर, नेपाल विश्वकपमा छनोट नभएका कारण उनी विश्वकप मैदानमा अनुपस्थित रहनेछन् ।


पत्रकार रेड्लीले बनाएको २० क्रिकेटरको सूची यस्तो छ– नेपालका सन्दीप लामिछाने (नेपाल), ऋषभ पन्त (भारत), मोहमद नाविद (यूएई), केभिन ओब्राइन (आयरल्याण्ड), एलेक्स हेल्स (इंग्ल्याण्ड), कलम म्याकलिओड (स्कटल्याण्ड),  किरण पोलार्ड (वेष्ट इण्डिज), ग्रेम क्रिमर (जिम्बाबे), अलि खान (युएसए), शुभमन गिल (भारत), मोहमद आमिर (पाकिस्तान), पारस खड्का (नेपाल), सुनिल नारायण (वेष्ट इण्डिज), सिकन्दर राजा (जिम्बाबे), आयरल्याण्ड (जोस लिटल), जस हेजरउड (अस्ट्रेलिया), जर्ज मनसे (स्कटल्याण्ड), अशुंमन रथ (हङकङ), बिलाल खान (ओमन), रमिज सहजाद (यूएई)

वान डे विश्वकप क्रिकेट स्टार क्रिकेटर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।