खेल

चम्किँए करन दाई–भाई, दुवै नटआउट !

चम्किँए करन दाई–भाई, दुवै नटआउट !

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा साम करनले शानदार प्रदर्शन गरे । टिम हारे पनि उनको प्रदर्शन समझनलायक रह्यो । युवा अलराउन्डर साम २४ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५५ रनमा अविजित रहे ।

 

यही सिजनमा सन्दीप लामिछानेआवद्ध दिल्लीविरुद्ध ‘ह्याट्रिक विकेट’ लिएर चर्चामा आएका करनको पारिवारीक पृष्ठभूमि नै क्रिकेटमय छ । उनका हजुरबुबा केभिन पाट्रिक करन पनि क्रिकेटर हुन् । यस्तै, सामका बुबा केभिन करनको पनि क्रिकेट पृष्ठभूमि हो । केभिन जिम्बाबेबाट खेल्ने गर्दथे । तर, उनका छोराहरु अहिले इंग्ल्याण्डबाट क्रिकेट खेलिरहेका छन् । केभिनका छोरा साम, टम र बेन करन पनि क्रिकेटमै छन् ।

 

केभिनका यी ३ छोरामध्ये टम र साम अहिले विश्व क्रिकेटमा चम्किँएका छन् । यी दुई दाजु–भाइले विश्वका चर्चित क्रिकेट लिग खेलिसकेका छन् । यसैबीच, साम र टमले शुक्रबार फरक–फरक टिमबाट खेलेका छन् । सामले शुक्रबार आइपीएलमा कोलकाताविरुद्ध खेल्दा टमले भने आयरल्याण्डविरुद्ध खेले । संयोगबस एकै दिन फरक–फरक टिमबीरुद्ध खेलेका करन दाजु–भाई दुवै चम्किँए ।

 

टम आउँदो मे देखि शुरु हुने एकविदसीय टिममा पनि इंग्ल्याण्डबाट खेल्ने छन् । विश्वकप अघि आयरल्याण्डविरुद्ध एक मात्र वान डे खेल खेलेको इंग्ल्याण्डका लागि टमले शानदार प्रदर्शन गरे । यो खेलमा उनी ब्याटिङ—बलिङ दुवैमा चम्किँए । बलिङमा उनले ८.१ ओभरमा ३५ रन खर्चिदै ३ विकेट लिए ।

 

टमले एक ओभर मेडनसमेत दिए । यस्तै, टमले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । अन्यब्याट्सम्यान नचलिरहेको अवस्थामा आठौं नम्बरमा आएर ५६ बलमा ५ चौकाको मद्दतमा नटआउट ४७ रन प्रहार गरे । यो खेलमा इंग्ल्याण्ड ४ विकेटले विजयी भयो ।  

साम करन टम करन